खेलकुद

पाकिस्तानमाथि घरेलु टोलीको क्लिनस्विप


काठमाडौँ – घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्विप गरेको छ । गएराति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज ३–० ले जितेको हो ।

पाकिस्तानले दिएको ३ सय ३२ रनको फराकिलो लक्ष्य इंग्ल्यान्डले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा जेम्स भिन्सले शतकीय इनिङ्स खेले । पहिलो शतक बनाएका उनले १ सय २ रन बनाए । पाकिस्तानका हरिस राउफले ४ विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय ५८ रनको शतकीय इनिङ्स खेलेका थिए । अब इंग्ल्यान्ड र पाकिस्तानबीच तीन खेलको टी–ट्वान्टी सिरिज हुनेछ । पहिलो टी–ट्वान्टी शुक्रबार राति हुनेछ ।