बिजनेस

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्बमाथि


काठमाडौँ – साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाल स्टक एक्चेञ्ज नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १६.३४ अंकले बढेर २ हजार ८७१ दशमलव ०३ विन्दुमा पुगेको छ भने कारोबार रकम ५ अर्ब ५४ करोड रुपैयाँमा सिमित भएको छ । मंगलवार सेन्सेटिभ परिसूचक ४.७४ अंकले बढ्दै ५३९.५१ विन्दुमा पुगेको छ ।

आज कुल २ सय २३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । मंगलवार सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ३.०८ प्रतिशतले गुमाएका छन् ।

यस्तै सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले ६.९८ प्रतिशत कमाएको छ । कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंकको शेयर ४५ करोड ४७ लाख ४७ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।