बिजनेस

नेप्से ४५ अकंले घट्यो, ९ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४५.६ अंकले घटेको छ । यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.५५ प्रतिशतले घटेर २ हजार ८५४ दशमलव ९४ बिन्दुमा समेटिएको छ । सेन्सेटिभ परिसूचक ८.६२ अंकले घटेर ५३४.८१ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये एक उपसमूहका सूचक मात्र बढेको छ भने अन्य १२ वटा उपसमूहहरू घटेका छन् । आज २ सय २९ कम्पनीका २ करोड ६० लाख २१ हजार १ सय ४ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५ सय २७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, समृद्धी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ । केबीएल डिबेञ्चर लिमिटेडको सेयर मूल्य झण्डै ४ प्रतिशतले बढेको छ ।