बिजनेस

नेप्से परिसूचक उच्च अंकले बढ्यो, ८ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक उच्च अंकले बढेको छ । आइतबार नेप्से ७४.७१ अंकले बढेर २ हजार ८९९ दशमलव ८२ बिन्दुमा पुगेको छ । आज विकास ब्यांक र फाइनान्सप्रति लगानीकर्ताको आकर्षण देखिएको छ। विकास ब्यांक उपसमूह ८.२९ प्रतिशतले बढेको छ भने फाइनान्स ९.३७ प्रतिशतले बढेको छ ।  

आज ठूला ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १३.५१ अंकले बढेर ५४३.१६ बिन्दुमा उक्लिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज कुल २२५ कम्पनीका ३ करोड १५ लाख माथिको सेयर ८२ हजार ४९ पटक किनबेच हुँदा जम्मा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँको मात्र कारोबार भएको छ ।

यसदिन तीन फाइनान्स कम्पनी श्री इन्भेष्टमेन्ट फाइनान्स, गोर्खाज फाइनान्स र आइसीएफसी फाइनान्सका सेयर धनीहरुले अधिकतम १० प्रतिशतले कमाइरहँदा यता राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सेयर धनीहरुले अधिकतम ४.३७ प्रतिशतले गुमाउन पुगेका छन् ।