देश

सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा सुजिता ठाकुरको शव फेला


काठमाडौँ – महोत्तरीमा सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा सुजिता ठाकुरको शव फेला परेको छ । जिल्लाको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको एक महिनापश्चात प्रहरीले शव फेला पारेको हो । प्रहरीका अनुसार घर परिवारका सदस्यहरुबाटै उनको गएको जेठ २० गते हत्या भएको हो । हत्या भएको एक महिना भन्दा बढि समयपछि प्रहरीले सुजिताको शव उनकै ससुरा पतिराम ठाकुरको जग्गामा निर्माणाधीन शौचालयको सेफ्टी ट्यांकीमा फेला पारेको हो ।

शव लुकाउन पहिले गाडिएको स्थानबाट निकालेर फेरि सेफ्टी ट्यांकीमा गाडिएको प्रहरीले जनाएको छ । यसअघि शव फेला परेको स्थानबाट करिब एक किलोमिटरको दूरीमा रहेको खेतमा प्रहरीले उत्खनन् गर्दा सुजिताको शरीरका केही अवशेष फेला फरेको थियो ।

असार १३ गते प्रहरीले सुजिताको परिवारको खेतमा उत्खनन् गर्दा कपाल, तन्ना र डोरी फेला पारेको भए पनि पूरै शव भने भेटाउन सकेको थिएन । यस घटनामा प्रहरीले सुजिताका देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरसहित पाँचजनालाई पक्राउ गरेको छ ।