खेलकुद

कोपा अमेरिका : पेरूलाई हराउँदै कोलम्बिया तेस्रो बन्यो, उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने


c

काठमाडौँ – कोलम्बिया जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । आज बिहान पेरुलाई ३–२ गोल अन्तरले हराउँदै कोलम्बिया तेस्रो बनेको हो । दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै कोलम्बियाले पेरुमाथि रोमाञ्चक जित निकालेको हो ।

पहिलो हाफको ईन्जुरी समयमा योशिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु हुने बित्तिकै चौथो मिनेटमा जुआन कुआड्राडोले खेल बराबरीमा ल्याएका थिए । लुईस डियाजले ६६ औं मिनेटमा कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट अघि जियानलुकाले खेल बराबरीमा ल्याएका थिए ।

इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए । कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना आइतबार बिहान भिड्दैछन् ।