समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौँ – भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

बिहीबार साँझ काठमाडौँबाट भक्तपुर तर्फ जाँदै गरेको बा ३९ प ३६५२ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका ४ सारदोबाटोमा आफैँ अनियन्त्रित भइ दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा संखुवासभा घर भइ हाल सिन्धुपाल्चोकको बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको परिसरका प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको उपचारको क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।