बिजनेस

नेप्से दोहोरो अंकले बढ्यो, चार अर्बमाथिको कारोबार


काठमाडौँ – साताको अन्तिम कारोबारको दिन विहीबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से २३.७६ अंकले बढेर २ हजार ८२४ दशमलव ८९ बिन्दुमा पुगेको हो । कारोबारमा आएकामध्ये ट्रेडिङ र अन्य समूहका परिसूचकबाहेक सबै समूहका परिसूचक बढेका छन् । बैंकिङ समूहको परिसूचक ०.९३ प्रतिशतले बढेको छ ।

विकास बैंक र फाइनान्स समूहको परिसूचकमा अत्यधिक वृद्धि भएको छ । विकास बैंक समूहको परिसूचक २.१२ प्रतिशतले बढेको छ । फाइनान्स समूहको परिसूचक ३.०९ प्रतिशतले वृद्धि भएको छ । गुह्वेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ ।

आज ५१ हजार ८६८ पटकको कारोबारमा एक करोड ३१ लाख कित्ता सेयर किनबेच भएको छ । यसबीच चार अर्ब ८१ करोड रुपैयाँ सेयर किनबेच भएको छ ।