राजनीति

सरकारले वायुसेवा निगम बेच्न खोजेको तथ्य यस्तो छ, सरकारी सम्पतिमा गिद्धेनजर कसको ? (भिडियोसहित)


काठमाडौँ – सरकारले राष्ट्रको इज्जत र गौरवसंग जोडिएको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई खारेज गर्न खोजेको प्रपञ्च सार्वजनिक भएको छ ।

हवाईजहाज सेवा प्रदायकका नाममा सरकारसंग एउटा मात्रै नेपाल वायुसेवा निगम नामको सरकारी संस्थान छ । तर त्यसलाई पनि रातारात खारेज गरेर निजिकम्पनी लिमिटेडका नाममा दर्ता गरेको प्रवन्धपत्र र नियमावलीसहितको तथ्य फेला परेको छ ।

ढुंगा, गिठी, वालुवा र खोलानाला बेचेको र बेच्न खोजेको त हामी सबैलाई सर्वविदितै छ । आज आएर राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगम नै खारेज गरेर बेच्नुपर्ने वा कुनै निजि व्यापारी र कम्पनीलाई पोस्नुपर्ने अवस्थामा सरकार पुगेको छ । निजिकरणको नाममा निगमलाई निमिट्यान्न पार्नका लागि र हवाई माफियाको इशारामा ठुलो रकम कुम्ल्याउदै सरकारले प्रपञ्च रचेको कर्मचारीहरुको आरोप छ । सरकारले कसरी निगमलाई खारेज गरेर निजिकरण गर्दैछ ? यसै सन्दर्भमा  केन्द्रीत योहो टेलिभिजनको कार्यक्रम एबीसी चेक : थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस्