समाज

पाल्पामा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु, चार वर्षीय बालक बेपत्ता


काठमाडौँ – पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । उक्त घटनामा सात जना घाइते छन् ।

तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको भनेर स्थानीयले सूचना दिएको प्रहरीले जनाएको छ ।

यद्यपि घटनास्थलसम्म पुग्ने बाटो अवरुद्ध भएकाले प्रहरीको टोली पुग्न नसकेको एसपी सन्तोष कुमार भट्टराईले बताउनुभयो । स्थानीयले पहिरोमा नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोमा पुरिएको जनाएका छन् ।