समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध


काठमाडौँ – गएराति आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । हाल डोजर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको र पुनः सुचारु हुने केही समय लाग्ने उनको भनाइ छ ।

सडक अबरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन रातिदेखि नै लागेको छ । प्रहरीले सकेसम्म नारायणगढ–मुग्लिन सडकको सट्टा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न अनुरोध गर्दै आएको छ ।

सेती दोभानमा पटक–पटक पहिरो आएर सडक बन्द हुँदा यात्रुहरुले सास्ती पाएका छन् । माथिबाट लेदोसहित ठुलठूला ढुंगाहरू झरेर सडक अबरुद्ध हुने गरेको छ ।