बिजनेस

नेप्सेमा दोहोरो अंकको गिरावट


काठमाडौँ – साताको चौथो कारोबारको दिन बुधबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले अंकले घटेको छ । आज नेप्से परिसूचक १६.९७ अंकले घटेर २ हजार ८०१ अंकमा कायम भएको छ । यस दिन ४ अर्ब ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आज विकास बैंक र माइक्रोफाइनान्स समूह बढेका छन् भने अरु सबै घटेका छन् । विकास बैंक ११ र माइक्रोफाइनान्स १९ अंकले बढेका छन् । बैंकिङ ३, ब्यापार १२, होटल तथा पर्यटन ७४, जलविद्युत ५९, फाइनान्स ३२, निर्जीवन बीमा १४४, उत्पादन १३३, अन्य १८ र जीवन बीमा समूह ७५ अंकले घटेका छन् ।

सेन्चुरी कमर्सियल बैंक संस्थापक समूहको मूल्य सबैभन्दा धेरै साढे ३ प्रतिशतले बढेको छ । त्यस्तै प्राइम कमर्सियल बैंक संस्थापक समूहकै मूल्य पनि ३.५ प्रतिशतले बढेको छ । यस्तै माथिल्लो तामाकोसीको मूल्य सबैभन्दा धेरैले घटेको छ ।