खेलकुद

महिला फुटबल टोलीका ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो


काठमाडौँ – राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले ४५ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । एसियन कप क्वालिफायर्सको छनोटका लागि जुलाई १८ बाट प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एएफसी महिला एसियन कप क्वालिफायर्समा नेपाल समूह एफ मा परेको छ ।

नेपालले क्वालिफायर्स अन्तर्गतको खेलमा फिलिपिन्स र हङकङसँग घरेलु मैदानमा खेल्ने भएको छ । भारतमा सन् २०२२ मा हुने प्रतियोगिताका लागि मंगलबार २८ टिमलाई चार टिम रहेको चार समूह र तीन टिम रहेको चार समूह गरी कुल आठ वटा समूहमा बाँडिएको छ ।