खेलकुद

तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६औँ संस्करणको युरोकपको फाइनलमा प्रवेश


काठमाडौँ – तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६औँ संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्यान्डमा गएराति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । अब इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा इटालीका चार खेलाडीले गोल गरे भने स्पेनका दुई खेलाडीले मात्र गोल गर्न सके ।