समाचार

पारागनको स्कुल विरुद्ध अभिभावक आन्दोलित, विद्यार्थी संगठनले गर्यो तोडफोड (भिडियोसहित)


काठमाडौँ – निषेधाज्ञाको समयमा शुल्क बढाएको भन्दै विवादमा आएको काठमाडौँको प्यारागन पब्लिक स्कुलमा विद्यार्थी संगठनले तोडफोड गरेको छ । शुल्कका विषयमा सोमबार भएको सहमति कार्यान्वयन नभएको भन्दै विद्यालय प्रशासनसंग कुरा गर्न आएका अभिभावकसंगै आएर उनीहरुले तोडफोड गरेका हुन् । आखिर प्यारागनमा भएको के हो ?

काठमाडौँको पिंगलास्थानस्थित प्यारागन पब्लिक स्कुलले निषेधाज्ञाको समयमा शुल्क बढाएको भन्दै अभिभावनहरु आन्दोलित भएका छन । सोमबार शुल्कका विषयमा छलफल गर्न गएका उनीहरुमाथि विद्यालय प्रशासनले गुन्डागर्दी गरेको अभिभावकहरुको आरोप छ । सोमबारको घटनापश्चात विद्यालयले गतबर्षकै शुल्क कार्यान्वयनमा ल्याउने बताएपछि पछि सो सहमती उल्लघंन गरेको भन्दै मंगलबार पुन अभिभावक विद्यालय पुगेका थिए ।

विद्यालय पक्षका केही व्यक्तिले रिपोर्टीङकामा गएका पत्रकारहरुलाई नै भौतिक आक्रमण गरेपछि घटना थप उचालिएको हो । घटनालाई थप उत्तोजित बनाउँदै अनेरास्ववियुका विद्यार्थीहरुले विद्यालयमा गरेका छन् । विद्यालय भवनका सिसाहरु फुटाइएका छन् भने अन्य भौतिक क्षति गराइएको छ । अविभावकहरुले पनि विद्यालयले आफूहरु माथि दुव्र्यहार गरेको गुनासो गरेका छन् ।

यता विद्यालय प्रशासनले भने शुल्क नबढाएको दाबी गरेको छ । दलवलसहित आएका अभिभावकको टोलीले आफ्ना कर्मचारीमाथि हातपात गरेको प्रशासनको दाबी छ । सोमबार अभिभावकहरुसंग छलफल भएको तर अन्तिम निर्णय विद्यालयको प्रबन्ध निर्देशकमा निहित रहेको बारम्बार सम्झाएको विद्यालयकि प्रिसिपल बिना बानु बताउछिन ।

यसअघि शुल्कका विषयमा कुराकानी गर्न शुक्रबार विद्यालयमा आएका अभिभावकहरुलाई ५ दिन पछाडि प्रबन्ध निर्देशक मो.शाकिर हुसेन भेट्न आउन भनको प्रिन्सिपल बताउछिन । तर अभिभावकले विद्यालयलाई अनावश्यक दबाब दिने उदेश्यले तोकिएको समय अघि नै आएर विद्यालयका कर्मचारी माथि नै हातपात गरको विद्यालयको दाबी छ । आफूहरु ए ग्रेडको विद्यालय भएपनि विगतमा सि ग्रेडको शुल्क लिईराखेको र अहिले विद्यालय आर्थिक समस्यामा परेपछि ए बराबरै शुल्क समायोजन गरेको विद्यालय व्यवस्थापनको दावी छ ।

अहिलेको विषम परिस्थितीमा शुल्क बृद्धि गर्न नहुने अभिभावकको एउटै माग रहेको छ । तर विद्यालय भने एकैपटक शुल्क तिर्न नसक्नेलाई किस्ताबन्दीमा तिर्ने व्यवस्था मिलाएको बताउछ । वादविवाद हुनु र न्याय खोज्नु स्वभाविक भए पनि हातपातमै उत्रिनु, भौतिक आक्रमण नै गर्नु गलत हो ।