बिजनेस

राष्ट्र बैंकलाई उद्योग वाणिज्य महासंघको सुझाव : पुनर्कर्जालाई मौद्रिक नीतिमा निरन्तरता दिऔं


काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुर्नकर्जालाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफुहरुले राष्ट्रबैंकका गर्भनरलाई भेट गरी मौद्रिक नीतिमा पुर्नकर्जा, पुर्नसंरचना र पुर्नतालिकालाई निरन्तरता दिनका लागि सुझाव दिएको बताउनुभएको हो ।

मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिए व्यवसायिक बैंकमा तरलता कायम हुने उहाँले बताउनुभयो । उद्योग वाणिज्य महासंघले व्याजदर दुई अंकमा नबढाउनका लागि पनि सुझाव दिएको छ । नेपाल राष्ट्र बैंक समक्ष महासंघले दुई वर्षका लागि कसैलाई पनि कालो सूचीमा नराखिदिनका लागि माग गरेको छ ।