समाचार

कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ


काठमाडौँ – कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका–५ गुलरीयास्थित पूर्वपश्चिम राजमार्गबाट बा ५८प ४८७८ नम्बरको मोटरसाइलकमा सवार कृष्णपुर–२ वाणी बस्ने २४ वर्षीय किशोर भण्डारी र २० वर्षीय राजेन्द्र गिरी पक्राउ परेका हुन्।

उनीहरुको साथबाट १ ग्रांम १३० मिलीग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।