बिजनेस

शेयर बजार सामान्य अंकले घट्यो, ५ अर्बको कारोबार


काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचकका सामान्य अंकको गिरावट आएको छ । आइतबार नेप्से ८.४८ अंकले घटेर २ हजार ८३४ दशमलव ५१ विन्दुमा झरेको छ । आज कारोबार पनि ५ अर्ब हाराहारीमै सिमित भयो । यस दिन १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५६ रुपैयाँमा कारोबार भएको छ ।

कारोबार भएका कम्पनी मध्ये १५३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ६० ओटा कम्पनीको मूल्य बढेको छ । आइतबार होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष समूह बाहेक अरु सबै समूह ओरालो लागे ।

निर्जीबन बीमा समूह सबैभन्दा उच्च १ सय १९ अंकले ओरालो लाग्यो । विकास बैंक, जीवन बीमा, वित्त, लघुवित्त, उत्पादमूलक र व्यापार समूह दोहोेरो अंकले घट्दा अरु सामान्य अंकले रातो रहेका हुन् ।