समाज

टोखामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, एक घाइते


काठमाडौँ – काठमाडौको टोखामा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको । दुर्घटनामा एकजना घाइते भएका छन् ।

गएराति करिब ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका ६ का २६ वर्षीय सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २२ वर्षीय दिपेश थापाको मृत्यु भएको हो ।

अधिकारी र थापासहित प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलमा तीन जना सवार थिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३० वर्षीय सागर खतिवडा घाइते भएका छन् । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । दुर्घटनापछि टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।