Uncategorized

बाँकेबाट चितुवाको छालासहित दुई पक्राउ


काठमाडौँ – बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम बजारबाट चितुवाको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ रा ४ प ६५०४ नम्बरको स्कुटी रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दाङ घोराही उप–महानगरपालिका–९ निवासी ३२ वर्षीय सन्तोष कुँवर र दैलेख भैरवी गाउँपालिका ३ बस्ने वर्ष १९ को जितेन्द्र शाही रहेका छन् । प्रहरीले उनीहरुबाट बरामद स्कुटीको डिक्कीबाट सेतो खैरो रंगको (चरीबाघ) चितुवाको जस्तो देखिने छाला १ थान (३ फिट ३ ईन्च लामो) बरामद गरेको छ ।


उनीहरुविरुद्ध बुधबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम मुद्धा दर्ता गरिएको जनाइएको छ । सो ऐन बमोजिम ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ वर्ष देखी १५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।