खेलकुद

कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल समिकरण पूरा



काठमाडौँ –ब्राजिलमा जारी ४७ औँ संस्करणको कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । समूह ए अन्तर्गत अन्तिम दुई खेल आज सकिएपछि क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकामा यस पटक दक्षिण अमेरिकाका १० टिमले प्रतिस्पर्धा गरेकोमा ८ टिम क्वार्टरफाइनल पुगेका छन् भने दुई टिम समूह चरणबाटै बाहिरिएका छन् ।

समूह ए बाट बोलिभिया र समूह बी बाट भनेजुएला बाहिरिएका हुन् । अन्तिम खेलमा बोलिभियालाई ४–१ ले पराजित गर्दै अर्जेन्टिना समूह ए को विजेता बनेको छ । अर्को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै उरुग्वे समूह उपविजेता बनेको छ ।

यस्तै पाराग्वे तेस्रो तथा चिली चौथो बन्दै क्वाटरफाइनल पुगेका छन् । समूह बी बाट आयोजक ब्राजिल समूह विजेता बनेको छ । पेरु दोस्रो, कोलम्बिया तेस्रो र इक्वेडर चौथो बन्दै क्वार्टरफाइनल पुगेका छन् ।