समाचार

सडक खन्ने क्रममा पहिरो खसेर डोजर पुरिँदा चालक मृत्यु



काठमाडौँ – हुम्लाको अदनचुली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खसेर डोजर पुरिँदा चालकको ज्यान गएको छ ।

अदनचुली गाउँपालिकामा –५ को श्रीनगर देखि कालिका गाउँसम्मको लिङरोड खन्ने क्रममा माथिबाट खसेको पहिरोले डोजरसहित चालक पुरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

गाउँपालिका –५ सेराजुउलको भिरमा सडक खन्ने क्रममा दिउँसो एक्कासि माथिबाट पहिरो खस्दा बर्दिया नगपालिका ८ का २६ वर्षीय सन्तोष थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ ।