समाचार

भोलीदेखि नेपालको तराई क्षेत्रमा मनसुन बढी सक्रिय हुने


काठमाडौँ – बुधबारबाट नेपालको तराई क्षेत्रमा मनसुन बढी सक्रिय हुने मौमम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक हुने भएकाले प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ । साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वर्षाका कारण पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध गरेको छ ।