राजनीति

प्रधानमन्त्री ओलीको भाषण रेकर्ड गरेर राख्नुहोला : माधव नेपाल


काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले आफुलाई बहुला कुकुरले टोकेको छ‘ भन्ने प्रधानमन्त्री ओलीको भनाइप्रति प्रतिक्रिया दिनुभएको छ । नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह समेत गर्नुभएको छ ।

विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा नेता नेपालले राम्रो सिस्टम बसाएर मात्र नहुने भन्दै राम्रो संस्कार पनि चाहिने बताउनुभयो ।

ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ‘ र भन्ने जस्ता शब्द प्रयोग गरेको भन्दै उहाँले भन्नुभयो, ‘उहाँका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’ नेता नेपालले गठबन्धनमा अरुभन्दा आफ्नो अवस्था फरक रहेको बताउनुभयो । नेपालले यो गठबन्धन भनेको संविधानको रक्षाका लागि हो र यसमा विचलित नहुने पनि बताउनुभयो ।