राजनीति

सभापतिका तीन आकांक्षी पौडेल, सिटौला र कोइरालाबिच भेटवार्ता


काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिएसंगै यतिबेला कांग्रेस नेता कार्यकर्ताको भेट बाक्लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि पार्टीको नेतृत्व गर्ने इच्छा व्यक्त गरिसक्नुभएको छ तर उहाँलाई फेरि पार्टीको नेतृत्वमा पुर्‍याउनबाट रोक्न नेताहरु छलफलमा जुटेका छन् ।

सोमबार महाधिवेशनमै केन्द्रित भएर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र सुजाता कोइरालाबिच भेटवार्ता भएको छ । यी तीनै नेता आगामी महाधिवेशनमा सभापति पदका आकांक्षी पनि हुन् ।

केहीदिन अघि मात्र सभापतिका अर्का तीन आकांक्षी उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह र शशांका कोइरालाबिच पनि महाधिवेशनबारे छलफल भएको थियो ।