राजनीति

अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्छ : गृहमन्त्री पौडेल


काठमाडौँ – अध्यागमन विभागले प्रणाली सिर्जित क्यू.आर.कोडसहितको भिसा प्रचलनमा ल्याएको छ । सोमबार विभागले प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गरेको हो । शुभारम्भ कार्यक्रममा गृहमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताउनुभयो ।

उहाँले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले क्यू.आर. कोड सहितको नेपाली कोडबाट सिधै छपाइ हुने भिसा प्रणालीको सुरुवात् गरिएको बताउनुभयो । यसबाट विदेशी नागरिकहरुले विश्वको जुन कुनै ठाउँबाट पनि भिसाको लागि आवेदन दिन सक्ने बताउनुभयो ।

अध्यागमन विभागको यो सेवाबाट पर्यटकहरुले नेपालमा सहज रुपमा भिसा प्राप्त गर्नसक्ने र पर्यटन क्षेत्रको समेत विकास हुने अपेक्षा गरिएको छ ।