समाचार

निषेधाज्ञा खुकुलो : अब २५ सिटमाथिका गाडी जोरविजोरमा चल्ने


काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना संक्रमण रोक्न लगाइएको निषेधाज्ञा अझै खुकुलो पारिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो पार्दै सार्वजनिक यातायात जोरविजोरमा चलाउने निर्णय गरेको हो ।

प्रशासनको निर्णयअनुसार जोर/बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन उपत्यकाभित्र संचालन हुन पाउने भएका छन् । बिहान ६ देखि बेलुका ७ बजेसम्म ती सवारी चलाउन पाइनेछ । भौतिक दूरी कायम गर्दै ती सवारी साधनलाई मंगलबारदेखि संचालन अनुमति दिइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो ।

पराजुलीका अनुसार खाद्यपसल ६ बजेदेखि दिनभर खुल्नेछ भने अन्य पसल ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाइनेछ । यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदैछ । यद्यपि निषेधाज्ञा भने एक हप्ताका लागि लम्ब्याइएको छ।