समाचार

भोलिदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात खुला गर्ने


काठमाडौँ – काठमाडौँ उपत्यकामा भोलि (मंगलबार) देखि सार्वजनिक सवारीसाधन पनि सञ्चालन गर्न पाइने भएको छ ।

अहिले बैठक जारी रहेको र जोररबिजोर प्रणालीमा यातायात खुलाउनेबारे औपचारिक निर्णय गर्न मात्र बाँकी रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

‘भोलिदेखि अरू एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय भर्खर भयो,’ ‘अब सार्वजनिक सवारीसाधन कसरी सञ्चालन गर्न दिने भन्ने विषयमा निर्णय गर्न बाँकी छ ।’

यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ ।