समाचार

निषेधाज्ञाबारे भोलि निर्णय हुने, उपत्यकामा जोरबिजोर लगाएर सार्वजनिक यातायात खोल्ने संकेत


काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा सोमबार (भोलि) निर्णय हुने भएको छ । आइतबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेको थियो । केहि विषयमा निर्णय हुन बाँकी रहेकाले सोमबार फेरि बैठक बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिप्रसाद निरौलाले जानकारी दिनुभयो ।

बैठकमा एक साता निषेधाज्ञा लम्ब्याउने र केही खुकुलो बनाउने सहमति भएको बताइएको छ । साथै जोर बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन सन्चालन खुला गर्ने विषयमा सहमति भएको पनि निरौलाले जानकारी दिनुभयो । निषेधाज्ञाको अवधि सोमबार सकिँदैछ । काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी छ ।