बिजनेस

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो


काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से २७ दशमलव ३८ अंकले बढेर २ हजार ८७० दशमलव ३८ विन्दुमा पुगेर थामिएको छ । आज कुल २ सय २७ कम्पनीको २ करोड ९ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब १६ करोड भन्दा धेरैको कारोबार भएको छ ।

आज समूहगत आधारमा होटेल्स एण्ड टुरिजम, डेभलपमेन्ट बैंक, फाइन्यान्स र इन्सोरेन्सका परिसूचक घटेको छ भने अरु सबै परिसूचकामा वृद्धि भएको छ । आइतबार सेन्चुरी कर्मशियल बैंक र अपर तामाकोशीको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।

यस दिन सर्वाधिक कारोबार हुनेमा नेस्नल हाइड्रो पावर कम्पनी रहेको छ। उक्त कम्पनीको ४० करोड ७० लाख बराबरको कारोबार भएको छ । यस्तै सबैभन्दा धेरै गोर्खाज फाइन्यान्स लिमिटेडका लगानीकर्ताले साढे ४ प्रतिशतले गुमाएका छन् ।