विदेश

रक्षामन्त्री राजनाथ सिंह तीन दिनका लागि लद्दाख भ्रमणमा


काठमााडौँ – भारतका रक्षामन्त्री राजनाथ सिंह आइतबार तीन दिने भ्रमणको लागि लद्दाख पुगेका छन्। चीनसँग हिमाली क्षेत्रमा सीमा विवाद जारी रहेको समयमा सिंह सीमा क्षेत्र लद्दाख पुगेका हुन्।

सिंह भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणे तथा अन्य सैन्य अधिकारीसहित सो क्षेत्रमा पुगेका छन्। लद्दाखको लेहमा पुगेर सिंहले कार्गिल, लेह तथा लद्दाख स्वायत्त पहाडी विकास परिषदका प्रतिनिधिसँग छलफल गरेको बताइएको छ। सो क्रममा सिंहले भने,‘देशका लागि हाम्रा सैनिकहरू र पूर्व सैनिकहरूको समर्पण अनुकरणीय उदाहरण हो। म मेरो हृदयबाटै सबैप्रति आभार व्यक्त गर्दछु।’

हाल लद्दाखको सीमा क्षेत्र वरपर भारत र चीनकै ५० देखि ६० हजार सेनाहरु तैनाथ भएको बताइएको छ। भारतले सहमति मानेर सेनाहरु विवादित क्षेत्रबाट फर्काएको तर चिनियाँ सेनाहरु सहमति विपरित विवादित क्षेत्रमै रहेको खबरहरुबीच सिंह त्यहाँ पुगेका हुन्।