अर्थनीति

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?


काठमाडौँ – आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन र चाँदी दुवैको मूल्य उकालो लागेको जानकारी दिएको छ ।

जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम छ । यसैगरी आज तोलामा ५ रुपैयाँले बढेको चाँदीको एक हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।