समाज

कौडा खेलिरहेका ५ जना २ लाख नगदसहित पक्राउ


काठमाडौँ – निषेधाज्ञाका मौकामा कौडा खेलिरहेका ५ जना जुवाडेलाई प्रहरीले नगद र कौडासहित पक्राउ गरेको छ ।

मन्थली नगरपालिका वडा नम्बर १ घारी खबरेस्थिति चन्द्रवहादुर माझीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले नगद १ लाख ९२ हजार ९५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको जिप्रका रामेछापका डिएसपी नवराज ढुंगानाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा घरधनी माझीसहित मन्थली नगरपालिका ९ पुरानागाउँका ३२ वर्षीय टीकाराज आरण,हात्तिटारका तेजबहादुर माझी,खाइखुराका आईते माझी र खाँडादेवी गाउँपालिका घर भइ हाल सिन्धुली सुनकोशी गाउँपालिका ९ मा बस्ने नरेन्द्र माझी रहेको प्रहरीले जनाएको छ