समाचार

सुतिरहेको कोठमा नै बलत्कारको प्रयास


काठमाडौँ – तराईको पर्सा जिल्लामा जबरजस्ती गर्न खोज्ने ३५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । २० वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेका सुगौली गाउँपालिका– १ बस्ने २५ वर्षीय सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारीलाई बुधवार प्रहरीले पक्राउ गरेको हो।

अन्सारीले ती महिलाको श्रीमान् कामको सिलसिलामा घर बाहिर रहेको मौका छोपी सुत्ने कोठाको झ्यालबाट प्रवेश गरी आपराधिक बल प्रयोग गरी जबरजस्ती करणी उद्योग गरेको भन्ने प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी उद्योग सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।