बिजनेस

नेप्से परिसूचक दोहोरो अंकले घट्यो


काठमाडौँ – साताको अन्तिम कारोबारको दिन विहीबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । विहीबार नेप्से १६.९६ अंकले घटेर २ हजार ८४३ बिन्दुमा थामिएको छ । बिहीबार ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इण्डेक्स ०.६ प्रतिशतले घटेको छ । बिहीबार नेप्सेमा २१९ कम्पनीका ७ अर्ब ३ करोड ३६ लाख रुपैयाँ मूल्यका एक करोड ३२ लाख १० हजार तीन सय ६९ कित्ता सेयर ७८ हजार ९ सय ८३ ओटा कारोबारमार्फत् खरिद–बिक्री भएको छ ।

१३ समूहमध्ये २ वटा बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । बिहीबार बजार घट्दा पनि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लगानीकर्ताले भने बम्पर उपहार पाएका छन् । माथिल्लो तामाकोसीको सेयर मूल्य बिहीबार ९.८८ प्रतिशत अर्थात् ६७ रुपैयाँले बढेर अन्तिम कारोबार रकम ७४५ रुपैयाँ कायम भएको छ ।