समाचार

सन्तोषी सुब्बा हत्या अभियोगमा एकजना पक्राउ


काठमाडौँ – विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

हत्या अभियोगमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका सुरेश तिमल्सिनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनी दक्षिणकालीस्थित वर्कशपमा कार्यरत रहेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो ।