समाज

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु


काठमाडौँ – रोल्पामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ।

रोल्पा नगरपालिका –९ होमामा गएराति अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ६ जना सुतेका मध्ये २ जनाको अवस्था सामान्य रहेको छ। भने एक जनाको अवस्था गम्भीर रहेको छ ।