बिजनेस

नेप्से परिसूचक ७९.४४ अंकले वृद्धि


काठमाडौँ – साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक उच्च अंकले बढेको छ । मंगलबार नेप्से ७९.४४ अंकले बढ्दै २ हजार ९१३ दशमलव ८४ अंकको विन्दुमा कारोबार बन्द भएको छ । २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर खरिदबिक्रीबाट १० अर्ब २८ करोड रूपैयाँको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १६.१९ अंकले बढ्दै ५३६.३४ अंकको विन्दुमा कारोबार बन्द भएको छ । समूहगत परिसूचकतर्फ १३ वटै कम्पनीको सुचाङ्कमा बढेका छन् । जीवन बीमासमूहको सूचाङ्क सबैभन्दा धेरै ३८७.८५ अंकले बढेको छ भने दोस्रो स्थानमा नीर्जीवन बीमा समूहको सव इन्डेक्स ३७५.२३ अंकले बढेको छ ।

आज जानकी फाइनान्स, बरुण हाइड्रोपावर, हाइड्रो इलेक्ट्रोसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनी, ङादी ग्रुप पावर कम्पनी र पन्चकन्यामाई हाइड्रोको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज पुनर्बिमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।