अर्थनीति

सुन चाँदीको मूल्य बढ्यो


काठमाडौँ – नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९१ हजामा र तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा किचबेच भइरहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४ सय रुपैँया र तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै आज चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ। चाँदी तोलामा ५ रुपैयाँले वद्धि भएको हो ।