समाचार

बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु


काठमाडौँ – काठमाडौँको बालाजुमा भएको सवारी दुर्घटनामा परेर एक युवतीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सीताराम परियारको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालाजुस्थित सडकमा ना.४ ख ४२२९ नम्बरको बस र बा.७८ प ८३८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका-५ लोलाङ हाइट बस्ने गोरखा, भीमसेन गाउँपालिका–७ घर भएकी २४ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो ।