देश

जीवनलाई आशावादी बनाउन योगको आवश्यकता : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको कारण योगको महत्व झनै बढेको बताउनुभएको छ । आज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड – १९ संक्रमणको अवस्थाका कारण योगको महत्व झनै बढेको बताउनुभएको हो ।

उहाँले व्यक्तिलाई शारिरिक र मानसिक रुपमा स्वस्थ बनाउनको लागि र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योगको आवश्यकता भएको औल्याउदैँ जीवनलाई आशावादी बनाउन पनि योगको आवश्यकता रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा रहेको भन्दै आगामी पिढीलाई सभ्यता सिकाउनुपर्नेमा जोड दिनुभयो ।