बिजनेस

भोलिदेखि टुटल र पठाओ सेवा सञ्चालनमा आउने


काठमाडौँ – सरकारले निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेसंगै टुटल र पठाओ सेवा पनि भोलि (मंगलबार) देखि सञ्चालनमा आउने भएका छन् । कम्पनीका अनुसार राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले मंगलबारदेखि सेवा सुरु गर्न लागेको हो । सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले जनाएका छन् ।

निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम भए पनि सेवा भने सुरु गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा बन्द गरिएको थियो ।