समाचार

सैनिक जवानले ब्यारेकभित्रै आफैले आफैलाई हाने गोली


काठमाडौँ – वीरगञ्ज ब्यारेकमा कार्यरत एक जना नेपाली सेनाका जवानले आफैलाई गोली हानेका छन् ।

वीरगञ्ज ब्यारेकमा कार्यरत पर्साको पोखरिया नगरपालिका -७ सतवरिया टोलका श्यामबाबु प्रसाद चौहानले आइतबार राति साढे ८ बजे आफैलाई गोली हानेका हुन् ।

उनको चिउडोबाट गोली छिरेर आँखा नजिकैबाट निस्किएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानको क्रममा चौहानले आफैले आफैलाई गोली हानेको जस्तो देखिएको खनालले बताउनुभयो । चौहानको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको र उनको अवस्था अहिले पनि गम्भीर रहेको खनालले बताउनुभयो ।