समाचार

सिन्धुपाल्चोक बाढी अपडेट : १ जनाको शव रामेछापमा भेटियो


काठमाडौँ – असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ ।

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका अनुसार पाँचपोखरी थाइपाल गाउँपालिका–२, बरुवाका ६३ वर्षीय ठकुरी स्याङ्बोको शव रामेछाप खाँडोदेवी गाउँपालिका–४ पुछिघाटस्थित सुनकोसी नदीको किनारमा आइतबार फेला परेको हो ।

उनीसमेत बाढीपछि बेपत्तामध्ये मृत फेला पर्नेको संख्या ४ पुगेको छ । अझै २१ जना भेटिन बाँकी रहेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।