समाचार

उपत्यकामा ट्याक्सी सञ्चालन गर्न पाइने


काठमाडौँ – काठमाडौँ उपत्यका प्रशासनले ट्याक्सीलाई सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थपेको छ ।

आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले यो निर्णय गरेको हो । यो निर्णय मंगलबारदेखि लागू हुनेछ । प्रशासनले निजी सवारी साधनलाई पनि जोर–बिजोरका आधारमा चल्न दिने निर्णय गरेको छ ।