समाचार

ज्वाला संग्रौलासहित ३ जना प्रहरी हिरासतमा


काठमाडौँ – प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरी हिरासतमा लिएको छ ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् । महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेका अनुसार तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको बताउनुभयो । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।