समाचार

तामाकोसी नदीको प्रवाह रोकियो, सतर्क रहन प्रशासनको आग्रह


काठमाडौँ – पहिरो खसेर चीनतर्फ तामाकोसी नदीको प्रवाह रोकिएपछि दोलखामा नदी तटीय आसपासका बासिन्दालाई सर्तक अबस्था रहन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति १० बजे अत्यन्त जरुरी सूचना प्रकाशित गरी तामाकोसी नदीमा बाढी आउन सक्ने हुँदा नेपाल चीन सीमा नजिक र तामाकोसी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङग्री काउन्टीको रोङ्जिया सहरमा पहिरोका कारण नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको जनाएको हो । ‘रोङ्जिया सहर र आसपासमा भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको छ,’ राति पौने १० बजे जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको सूचनामा भनिएको छ ।

शनिबार बिहानसम्म तामाकोशीमा बाढीको प्रवाह बढेको स्थानीयले बताएका छन् । नदीमा पानीको वहाब बढे पनि अहिले खतराको अवस्था भने सिर्जना नभएको स्थानीय प्रशासनले जनाएको छ ।