समाचार

बन्चरो प्रहार गरी पत्नीको हत्या


काठमाडौँ – दाङमा पत्नीको हत्या आरोपमा पति पक्राउ परेका छन् । पत्नी हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर–३ बेलुवाका मुकुन्दलाल चौधरीलाई पक्राउ गरेको हो ।


हिजो बेलुकी घरायसी विवादका क्रममा ५७ वर्षका चौधरीले बन्चरो प्रहार गर्दा ४६ वर्षकी स्यानाकुमारी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।