देश

पहाडमा परेको वर्षासँगै बढ्यो सप्तकोशी बहाव, सुरक्षित रहन आग्रह


काठमाडौँ – पहाडी क्षेत्रमा निरन्तर वर्षा हुन थालेपछि तराईको सप्तकोसी नदीमा पनि पानीको बहाव बढ्न थालेको छ । सुनकोशीमा मिसिने सहायक नदीमा पानीको बढ्न थालेसँगै सप्तोकोशीमा पनि पानीको बहाव बढ्ने पुगेको हो ।

कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार बिहीबार बिहान सप्तकोसीमा पानीको बहाव एक लाख १४ हजार ७४५ क्युसेक मापन गरिएको छ । पहाडी क्षेत्रमा पानी परिरहे सप्तकोसीमा पानीको बहाव अझ बढ्न सक्ने बताइएको छ । बिहीबार कोसी ब्यारेजका १९ वटा ढोका खोलिएको छ । बुधबार बिहान १२ र साँझमा २० ढोका खोलिएको थियो । कोसी ब्यारेजमा ५६ वटा ढोका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले सप्तकोसी आसपास क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् ।