राजनीति

खनाललाई थप उपचारका लागि दिल्ली लगिदैँ


काठमाडाैँ – पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतको दिल्ली लगिने भएको छ।

अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई बुधबार दिल्ली लैजाने तयारी भएको उनको सचिवालयले जानकारी दिएको छ। दिल्लीको अपोलो अस्पतालमा उनको उपचार हुने सचिवालयले बताएकाे छ।

नेकमा एमालेका वरिष्ठ नेता खनाल केही दिनअघि मात्रै कोरोना संक्रमणमुक्त भएका थिए। संक्रमणमुक्त भएर घरमै आराम गरिरहेका बेला अचानक उनकाे स्वास्थ्यमा समस्या आएपछि फेरि अस्पताल भर्ना गरिएकाे थियाे। नर्भिक अस्पतालका चिकित्सकले खनालकाे स्वास्थ्यमा ‘पाेष्टकाेभिड’ समस्या देखिएकाे बताएका थिए।